संसद् प्रवेश गर्न खोप अनिवार्य

१९ फागुन, काठमाडौंं । प्रतिनिधिसभाका सांसदहरुले अनिवार्यरुपमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने भएको छ ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सांसदहरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भएको हो ।सांसदहरुलाई फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

प्रतिनिधिसभामा २७५ सदस्य रहे पनि हाल २६९ जनामात्र सांसद रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सांसद सानु सिवाको मृत्यु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई जना र जनता समाजवादी पार्टीका दुई जना सांसद निलम्बनमा परेका छन् ।

माघ १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको एक महिनापछि सांसदहरुले खोप लगाउने भएका छन् । नेपालमा हालसम्म ४ लाख २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाइरहे पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले भने अझै कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment