बिहीबार र शुक्रबार वर्षाको सम्भावना

१९ फाल्गुन, काठमाडौं । बुधबार र बिहीबार देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कुनै पनि मौसमी प्रणाली विकास नभएकाले देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

बिहीबार र शुक्रबार भने मौसममा बदलाब आइ मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन १९ गते (बुधबार)

देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। राति देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २० गते (बिहीबार)

देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकीी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन २१ गते (शुक्रबार)

देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment