लिस्वाेन (पाेर्चुगल) जस्तै शान्त र शालीन माइला दाई

याेगेन्द्र खरेल

१८ फागुन, लिस्वाेन (पाेर्चुगल) ।
गुल्मी घर भएका निकै मिजासिला, हसिलाे अनुहार भएका माईला दाइ ( नाम परिवर्तित) पाेर्चुगल छिरेकाे करिब करिब ३ बर्ष पूरा भएकाेे रहेछ । उहालाई झट्ट हेर्दा उहाकाे अनुहारमा कहि कतै दुख पीडा देखिदैन, सायद संसारका खुसि र सुखि मानिसमध्ये उहा एक हुनहुन्छ कि जस्तै । उहा संग संगत गर्याे भने, जाे काेहि लाई शालीन बन्न उत्प्रेरणा दिनहुन्छ । निकै मिठा र रसिला कुराहरु ठट्यौली शैलिमा गर्ने उहाकाे सानै देखिकाे बानि रहेछ ।

उमेर ले ४० कटेका माइला दाइ , रुम बाट बाहिर निस्कदा निकै सुकिला मुकिला कपडा ठाटिएर हिड्नहुन्छ । सुरु सुरुमा उहालाई देख्ने र संगत गर्नेहरुले उहालाई सम्पन्न र कुलीन परिवारका मान्छे हुन भन्ने सिधै अनुमान लगाउछन । तर जब उहाकाे लामाे संगत हुन्छ , उहा संग सुखदुःख साटासाट हुन्छ तब आफुले आफैलाई प्रश्न साेध्न थाल्छाै , यति पीडा ले भरिएकाे मानिस आखिर कसरि यस्ताे शान्त र शालीन छ हाेला ?

कुरा कानि कै क्रममा मैले उहालाई साेधेकाे थिए , यति धेरै पीडा भित्र दबाएर हजुर कसरी शान्त र शालिन हुनुहुन्छ नि ? यसकाे जवाफ थियाे, लिस्वाेन । हाे लिस्वाेन ( पाेर्चुगल) बसाइँले नै मलाई शान्त बन्न सिकायाे । यसले नै सबै पिडाहरुलाइ शक्तिमा बदल्न सिकायाे, यसले नै शान्त र धैर्य हुन सिकायाे, यसले नै कम महत्वकांक्षि हुन सिकायाे, यसले नै थाेरै खुसिमा पनि धेरै सुखि हुन सिकायाे । दुखमा नआत्तिने र सुखमा नमात्तिने ज्ञान लिस्वाेन ले दियाे । मन भारि भएकाे बेेेेला बाहिर निस्कियाे समुन्द्री किनारामा छालकाे रुपमा आएकाेे पानी संग भलाकुसारि गर्याे, नजिकैै रहेकाे डाडाकाे टुप्पामा गएर तलपट्टि शान्त , सुन्दर टमक्क मिलेर बसेकाे लिस्वाेनकाे अवलाेकन गर्याे, यसले भन्छ केवल शान्त हाेउ, शालीन बन र धैर्यता अपनाउ ।

उहाँले करिब १० बर्ष जति कतारमा श्रमिककाे रुपमा काम गर्नुभएकाे रहेछ , महिनाकाे ५०/६० हजार रुपैया बच्दाेरहेछ । गाउँमा भएका बाबाआमा र शहरमा रहेकि श्रीमतीकाे मुख हेर्दा हेर्दा हरेक महिनाकाे कमाई बालुवामा पानी सरह हुदाे रहेछ । तल्लाे घरे कान्छाे, पल्ला घरे जेठाे, माथिल्ला घरे काईलाे सबै ले पैसा कमाएर गाउँ छाेडेर शहर पसि सकेछन । सबै जनाले शहरमा दुई तीन तले विल्डिङ ठड्याएर शहर छिरेपछि, उहाकाे छिमेका प्रायः खालि जस्ताे भएछ । उहाका बाबुआमा, श्रीमती सबैकाे इच्छा शहर बसाइँ सर्ने भएता पनि, उहाँको कमाईले त्याे सामर्थ्य नराख्ने नै भयाे । छाेराछाेेरि पढाउने बाहानामा उहाकि श्रीमती शहर छिरेपछि, उहाकाे लागि आर्थिक व्यवस्थापन निकै कठिन भएछ ।

हरेक महिना गाउँबाट फाेन गरेर बाबाआमा रुने र शहरबाट श्रीमती रुने बिचरा खाडीमा पसिना संग पैसा साटिरहेका माइला दाइ के गरून् न त बुढा भएका बाबाआमालाई केही भन्न सक्छन नत आफ्नै भर परेर माइती त्यागेर आएकि श्रीमतीलाई । घरका एक्ला छाेरा उनी बुढा भएका बाबाआमाकाे जिम्मेवारी मेराे हाे भन्ने बाट उम्कन सक्दैनन् र पाउदैनन पनि ।यी र यस्तै यावत् पिडाहरु , ढल्कदै गरेकाे उमेर , सन्तानकाे भबिष्यकाे चिन्ता आदिईत्यादि कुराहरुले कहिलेकाहि त आत्महत्या गर्न प्रेरित गर्ददाेरहेछ , जब याे बारेमा साेच्थे तब घरमा भएका वृद्ध बाबाआमा र सर्वस्व आफुलाई सुम्पेकि श्रीमती र साहाराकाे खाेजि मै रहेका सन्तानहरु मस्तिष्क वरिपरि घुमिरहदाे रहेछ उहाकाे ।

उहाले साेच्नु हुदाेरहेछ, यी सबैकाे लागि मैले केही दिन नसकेता पनि छ है गर्छ है भन्ने आशा र भराेसा त दिन सकेकाे छु नि । यदि मैले कुनै गलत निर्णय लिए भने , तिनिहरुले काे प्रति आशा गरेर भाेलिकाे जीवन जिउने यी र यस्तै कुराहरुले उहालाई बाच्न र संघर्ष गर्न प्रेरित गर्दाे रहेछ ।
एक दिन उहाकाे पुरानाे साथि संग लामाे समय पछि फेसबुक म्यासेन्जर मा भेट भएछ , उहाकाे साथि माल्टा मा रहेछन । दुबै जना पहिले निकै मिल्ने , एउटै स्कुलमा पढेका रहेछन । उनी संगकाे निरन्तर संवाद पछि , माईला दाईले आफ्नाे सबै पीडा उनी संग सेयर गर्नभए छ र आफू पनि त्यतै आउने ईच्छा ब्यक्त गर्नुभएछ ।

यसरी नै माल्टा आइसकेपछि, सबै साथिहरु पाेर्चुगल हिड्न थाले पछि , उहालाई पनि पाेर्चुगल आउने भुत चढेकाे रहेछ । उहाले आफ्नाे गाउकाे दाइ संग याे ईच्छा व्यक्त गरेपछि , उहाकाे दाईले भन्नू भएछ , जाे शान्त र धैर्य बन्न सक्छ त्यसकाे लागि पाेर्चुगल ठिक छ । यदि यहाँ आउने हाे भने आफुले आफुलाइ बदल्नु पर्दछ । उहाँ पनि आफुले आफुलाई बदल्न तयार हुने निदाे गर्दै त्यहा बाट पाेर्चुगलकाे यात्रा शुरु गर्नु भएछ । यहाँ आएपछि काेठा खाेज्ने ,काम खाेज्ने लगाएतका कागजि कठिनाइहरुले शुरुशुरुमा निकै अत्याएकाे रहेछ । यसबारे खासै धेरै कुरा गर्नुभएन उहाले भन्नू भयाे यहाँ जे कुरा मैले भाेगे त्याे प्रायःजसो आप्रवासीहरुले भागिरहेका छन । भाषागत समस्या, झन्झटिलो कागजि प्रक्रिया , कागजि प्रक्रियामा हुने ढिलाइ यी र यस्तै समस्याहरुले कहिले काहीँ त गुडिरहेका गाडिहरुकाे बिचमा गएर किच्चिउ कि जस्ताे पनि लाग्थ्यो । शुरु शुरुकाे नया मान्छे, काेहि नेपाली देखेर कुरा शेयर गर्याे कि । मलाई साेझाे मान्छे मानेर हाेला सायद उ त लाेयर नै बिदिने, यस्ताे , उस्ताे अक्रमबक्रम भनेर थप नैरास्यता थपिदिने । बिस्तारै बिस्तारै यहाकाे बसाई, यहाकाे रहनसहन, यहाकाे आम्दानी खर्च सबै गट्ययाङगुटुङ साेच्दै जादा मलाई लिस्वाेन ले बिस्तारै, शान्त, धैर्य र कम महत्वकांक्षि हुन सिकायाे ।

पछि पछि यहाकाे बारे जति धेरै कुरा बुझ्दै जान थाले त्यति त्यति नै धैर्य बन्न थाले भन्छन नि ` जस्ताे गित त्यस्तै नाच ´ यहि सिके मैले । उहाँ भन्नुहुन्छ , आजभाेलि मेरा ठुला सपना छैनन , ठुला सपना नदेख्न सिकायाे लिस्वाेन ले । आजभाेलि साथिहरुका जस्तै शहरबजारमा तिनचार तले घरबारे साेच्दैन मस्तिष्कले , याे बारे नसाेच्न सिकायाे लिस्वाेनले । सायद उतै जान पाईन्छ भन्ने आशाले हाेला बाबाआमा श्रीमती र छाेराछारिले घरघडेरि किन्ने बारे कुरा गर्दैनन आजभाेलि याे सबै लिस्वाेन ले सिकायाे । छरछमेकिहरु र साथिभाइहरुले कहा घडेरि किन्ने कस्ताे घर बनाउने भन्ने बारे साेध्न छाेडिसके , याे सबै लिस्वाेन ले गरायाे । लिस्वाेन जति शान्त ,शालिन र धैर्य छ त्यति नै म , मेराे परिवार र मलाई हेर्ने मेरा छिमेकिहरुलाई शान्त , शालिन र धैर्य हुन सिकायाे ।

यसले याे संगसंगै धैर्य गर्ने ठुलाे आशा देखाएकाे छ , पारिवारिक मिलन र राताे पासपोर्ट काे । भाेलि जे हाेला जसाे हाेला तर भाेलिकाे उज्वल सपना देखेर आजकाे दुखपिडा बिर्सन आधार दिएकाे पाेर्चुगले ।यसले संघर्ष गर्न सिकाएकाे छ , यसले हार नमान्न सिकाएकाे छ , धेरै अपेक्षा नगर्न सिकाएकाे छ । यसले आफू जति शान्त र शालीन छ , त्यत्तिनै शान्त शालीन हुन सिकाएकाे छ । खुसि खाेजेर आउदैन , जे छ त्यसमा खुसि हुन सिक्नुपर्दछ भन्ने सिकाएकाे छ । झन पछि झन आप्रवासीहरुकाे सहजताकाे लागि प्रक्रियाहरु अगाडि बढाइरहेकाे छ ।

उहाँ भन्नुहुन्छ, आप्रवासी सम्बन्धि सहज नियम का कारण , बढ्दाे कामदार काे सङ्ख्या र सिमित साधनस्राेत काे कारण काम काे अवसर काे बारे परिस्थिति थप गम्भीर हुनसक्दछ आगामी दिनहरुमा । आजकाे बचत भाेलिकाे लागि भन्ने सिध्दान्तकाे कारण उहाले, आज भाेलि आफ्नाे व्यक्तिगत खर्च कटाैति गर्न थाल्नु भएकाेे छ ।

नितान्त आवस्यकता बाहेक अरु शाैखिन र बिलासिताका कुराहरुमा खर्च कटाैति अनिवार्य छ भन्नुहुन्छ । पहिले पहिले हाेटल रेष्टुरेन्ट खानपिउन जाने उहाँ बिगत बर्ष देखि छाेड्नुभएछ । जन्म दिन र म्यारिज यनिभर्सरि लगायतका अन्य पर्वहरुमा हुने खर्च कटाैति गर्नुका साथै दैनिक हल्का हल्का पिउने बानिलाई सुधार्दै , हप्ताको एक दिन मात्र पिउने बानि बसाल्नु भएकाे रहेछ । सानाे सुखिमा हाैसिने र सानाे दुखमा आत्तिने उहाँ अहिले सुखदुःख लाई सम्यमता र ऊर्जाको रुपमा लिन थाल्नुभएकाे छ ।

उहाँ भन्नुहुन्छ , याे प्रदेशकाे ठाउमा हामी हरेक पाइला पाइलामा सचेत हुनुपर्छ । खर्च गर्ने भन्दा बचत गर्नेे बानिकाे बिकास गर्नुपर्छ । एकले अर्काेलाई आदार सत्कार सहित सहयाेगकाे आदानप्रदान गर्नुपर्दछ । धेरै साथि बनाउने भन्दा असल साथि बनाउने तिर ध्यान दिनुपर्दछ । गलत मानिसकाे संगत बाट मुक्त भई , असलकाे संगत गर्नुपर्दछ । आफुले आफुलाई चिन्नुपर्दछ, आफ्नाेे हैसियतकाे मापन आफै गर्नुपर्दछ । राजनीतिक, जातिय, क्षेत्रिय, भाैगाेलिक संकुचित मानसिकताबाट माथि उठ्नुपर्दछ । आफुले जानेकाे भन्दा बढ्ता जान्ने हुनुहुदैन । र अरु भन्दा निरीह पनि हुनुहुदैन । जीवन स्वस्थ जिउ, मस्त जिउ, व्यस्त रहाै, जय देेश जय नेपाल



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment