क्यान्सर अस्पताल उद्घाटन र सन्थाल बस्ती शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा

१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) पुनः गृहजिल्ला झापामा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुग्नुभएको छ । आइतबार मात्रै नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्न झापा पुगेका प्रधानमन्त्री ओली २ दिनपछि क्यान्सर अस्पतालको उदघाटनका लागि त्यता जानु भएकाे हाे ।

झापाकाे विर्तामोडमा निर्माण भएकाे पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न प्रधानमन्त्री ओली मंगलबार झापा जान लाग्नुभएकाे हाे । मंगलबार नै उहाँ माेरङकाे उर्लाबारीमा सन्थाल एकीकृत बस्ती शिलान्यास गर्न झापाबाट त्यता जानुहुने बताइएकाे छ ।

मार्सी भातका कारण चर्चामा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएकाे पूर्वाञ्चल क्यान्सर अस्पतालकाे प्रम ओलीले उद्घाटन गर्नुहुनेछ । उक्त अस्पताल ३०० शैय्या क्षमताको रहेकाे छ ।

मंगलबार नै प्रधानमन्त्री ओलीले झापाकाे बिर्तामोडमा निर्माण गरिएकाे विपन्न परिवारका एकीकृत वस्तीकाे पनि उदघाटन गर्ने कार्यक्रम रहेकाे उहाँकाे सचिवालय स्राेतले जनाएकाे छ । उक्त वस्तीमा निर्मित घर ३५ वटा विपन्न परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।

पछिल्लाे समय प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनका लागि विभिन्न क्षेत्र धाउनमा व्यस्त हुनुहुन्छ ।

उहाँ साेमबार मात्रै पाेखरा पुग्नुभएकाे थियाे । त्यहाँ गण्डकी प्रदेश सरकारद्वारा पाेखराकाे नदीपुरमा निर्माण हुन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन समेत शिलान्यासका साथै कार्यकर्ता भेलामा उहाँले सम्बाेधन गर्नुभएकाे थियाे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment