म्युचुअल फन्डहरुको न्याभ बढ्यो, सेयर बजारमा लगानी

१७ फागुन, सिन्धुपालचाेक । पुँजी बजारमा सक्रिय २० वटा म्युचुअल फन्डहरुले माघ मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालै मात्र सूचीकृत भएको सानिमा लार्ज क्याप फन्ड बाहेक यस महिना बाँकी सबै फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । त्यस्तै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि बढेको छ । पछिल्लो समय सेयर बजार उकालो लागेकाले त्यसको प्रत्यक्ष प्रभाव म्युचुअल फन्डमा देखिएको हो ।

म्युचुअल फन्डहरुको लगानीको अधिकांश हिस्सा सेयर बजारमा हुने गरेको छ । सूचीकृत कम्पनीहरुको भाउ बढ्दा म्युचुअल फन्डहरुको पोर्टफोलियोमा पनि सुधार आउने गर्दछ ।  

 १९ फन्डको न्याभ बढ्यो  
माघ मसान्तसम्म आइपुग्दा १९ वटा फन्डको न्याभ बढेको छ । हालै आइपीओ (इकाई) बिक्री गरेको सानिमा लार्ज क्याप फन्डको भने अघिल्लो महिनाको विवरण उपलब्ध छैन । एक महिनाको अवधिमा सबैभन्दा धेरै न्याभ बढ्नेमा ग्लोबल आइएमई समुन्नत योजना १ रहेको छ । यसको न्याभ १ रुपैयाँ ९५ पैसाले बढेर १८ रुपैयाँ २४ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै न्याभ भएको फन्ड हो । 

१६ फन्डको सूचीकृत सेयरमा लगानी बढ्यो 
माघ मसान्सान्तसम्म आइपुग्दा १६ फन्डको सूचीकृत सेयरमा लगानी बढेको छ । ३ फन्डको भने सूचीकृत सेयरमा लगानी भने घटेको छ । सानिमा लार्ज क्याप फन्ड यसै महिनादेखि सञ्चालनमा आएकाले अघिल्लो महिनाको वित्तीय विवरण छैन ।

यता, अघिल्लो महिना फन्डको इकाई जारी गरेको एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको सेयर बजारमा लगानी उल्लेख्य मात्रामा बढेको छ । सबैभन्दा धेरै सेयर बजारमा लगानी गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । यसले १ अर्ब ६२ करोड ८५ लाख ४९ हजार रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ । 

९ फन्डको बैंक मौज्दात बढ्यो 
१ महिनाको अवधिमा ९ फन्डको बैंक मौज्दात बढेको छ । १० वटाको बैंक मौज्दात भने घटेको छ । यसै महिनादेखि सञ्चालनमा आएको सानिमा लार्ज क्याप फन्डको बैंक मौज्दात ६१ करोड २५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment