भाेटेकाेशी गाउपालिकामा सुविधा सम्पन्न सुमित्रा स्वास्थ्य चौकी भवन शूभारम्भ

१७ फागुन, सिन्धुपालचाेक (भाेटेकाेशी) । सिन्धुपालचाेककाे भाेटेकाेशी गाउपालिकामा वडा नं.३ मा सुविधा सम्पन्न सुमित्रा स्वास्थ्य चौकी भवन शूभारम्भ भएको हाे।

भोटेकोशी गाउपालिका अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार पौडेल

नेपाल सरकार स्वास्थ्य पूर्वाधार कार्यक्रम अन्तर्गत सशर्त अनुदान भवन निर्माण र भोटेकोशी गाउपालिकाको समन्वयमा निर्मित कोभिड-१९ अस्पताल भवन भोटेकोशी गाउपालिका अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार पौडेल, विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलद्वारा शूभारम्भ गरीयाे ।

साे स्वास्थ्य भवन निर्माण रु ४३ लाख ४१ हजार ८ सय ९९ रुपैयाकाे लागतमा भवन निर्माण भएको हो । श्रमदानबाट ६ लाख ५५ हजार ८ सय ८५ रुपैया रहेकाे छ। एक तल्ले भवनमा ३ कोठा रहेको छ। स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको इंजीनियर नवराज गिरीले जानकारी दिनु भयाे।

सङ्घीय सरकारको आर्थिक लगानी तथा भोटेकोशी गाउपालिका कार्यालयकाे प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हाे

सो अवसरमा भोटेकोशी गाउपालिका अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि भोटेकोशी गाउपालिका प्रतिबद्ध रहेको बताउँदै हरेक वडामा एक स्वास्थ्य चौकी स्थापना गर्नेभोटेकोशी गाउपालिकाको अभियान रहेको जानकारी दिनु भयाे । अबकाे केहि दिनबाटै काेभिड खाेप सुरु फ्रन्टलाइनमा खटिने कर्मचारी, जेष्ठ नागरिक, जन-प्रतिनिधि, चालक/सह-चालक र क्रमशः आमनागरिकमा काेभिड खाेप यसै स्वास्थ्य चौकी भवनबाट सेवा दिने प्रतिबद्ता गराउनु भयाे।

भोटेकोशी गाउपालिका हिमाली स्वास्थ्य इकाई, स्वास्थ्य चौकी निर्माण र विस्तारका लागि नेपाल सरकारले बजेट र अनुकुल जग्गा उपलब्ध गराइदिए हामी स्वास्थ्य क्षेत्रमा काम गर्न आतुर रहेकाे जानकारी गराउनु भयाे।

कार्यक्रममा प्रमुख अतिथि राजकुमार पौडेलले भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता दिपक पैड्याल र रुद्व पैड्याललाई परिवारलाई विषेश धन्यवाद दिनु भयाे, स्थानीयवासी साथ र सहयाेग कै कारण आज यस सुविधा सम्पन्न सुमित्रा स्वास्थ्य चौकी भवन शूभारम्भ गर्न पाइकाेमा मुक्तकण्ठले प्रशंसा गर्नु भयाे।

साेहि कार्यक्रका विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भन्नु भयाे यस सिन्धुपालचाेककाे भाेटेकाेशी गाउपालिकामा वडा नं.३ मा सुविधा सम्पन्न सुमित्रा स्वास्थ्य चौकी भवन शूभारम्भ गर्न पाएकाेमा हामी पनि हर्सित छाैं। हाम्राे तर्फबाट अर्काे एक तला थप गर्न र अन्य थप कर्मचारी र दरबन्दीकाे व्यवस्थापन गर्ने प्रतिबद्ता गर्नु भयाे। यस पालिकामा थप स्वास्थ्य चौकीकाे आवश्यकता पुरा गर्दै जाने र स्वास्थ्य सामग्रीकाे कुनै कमि नरहने कुराकाे विश्वास दिलाउनु भयाे।

मायाको चिनो

त्यसै गरी कार्यक्रममा डा. दिपेश पौडेल सरुवा रोग अस्पताल, सुर्य बहादुर खड्का स्वास्थ्य मन्त्रालय, दुर्गादत्त चापागाई चौतारा स्वास्थ्य कार्यालय, श्री भद्र बहादुर बस्नेत प्रमुख प्रशासकिय अधिक्रित भोटेकोशी गाउँपालिका, भुपेन्द्र लाल श्रेष्ठ स्वास्थ्य संयोजक भोटेकोशी गाउँपालिका, कोभिड अस्पातालका डाक्टर तथा नर्स, तथा स्थानिय समाजसेवी, सर्बसाधारणहरुको उपस्थिती भएको थियो ।

साथै अतिथिहरू तथा जग्गादातालाई मायाको चिनो गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि राजकुमार पौडेल र विशिष्ट अतिथि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलद्वारा वितरण गर्नु भयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment