माघ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार मेलम्चीका बस्नेतलाई

१७ फागुन, सिन्धुपालचाेक । मेलम्ची ईलाका प्रहरी कार्यालयका प्रहरी जवान ज्ञान बहादुर बस्नेतले माघ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्राप्त गर्नुभएको छ ।

सिन्धुपाल्चोक प्रहरिले आज एक कार्याक्रम बिच प्रहरी जवान बस्नेतलाई नगद सहित सम्मान गरेको हो । हेलम्बुकि ६ बर्षिय बालिकालाई जबरजस्ति करणि गर फरार रहेका प्रतिवादी लाई नियन्त्रणमा लिन सफल भएको हाे।

त्यस्तै जबरजस्ति करणि मुद्धामा वारदात पश्चात फरार रहेका मेलम्ची नगरपालिका वडा नम्बर १३का २२ बर्षिय सुदिप दनुवार लाई पक्राउ गर्न सफल भएको लगायत आफुलाई दिइएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

निरीक्षक तामाङको कमाण्डमा खटिएको प्रहरीको टोलिले उनिहरुलाइ पक्राउ गर्न सफल भएको थियो । सो घटनामा उल्लेखनीय भुमिका निर्बाह गर्दै उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उहाँलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक डिएस्पि प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

खोज तथा अनुसन्धान र आत्माविश्वास सहित काम गर्न हौषला मिलोस् भन्नका लागि प्रहरीलाई महिनै बिच्छे सम्मान गर्दै आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो । अहिले सम्म मेलम्चीका प्रहरी निरिक्षक तामाङ सहित ४ जना प्रहरी सम्मान भइसकेका न् । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले प्रहरीलाई सम्मान गर्नुभएको हो ।

यसअघि गत साउन १९ गते मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरो जादा उद्दार गर्दा उल्लेखनीय भुमिका निर्बाह गर्दै उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै इलाका प्रहरी कार्यालय मेलम्चीका हवल्दार मीन बहादुर कुमाललाइ र २०४४ सालमा चोरी मुद्धामा १ महिना १५ दिन कैद सजाय र रु ६० हजार ८ सय ८७ जरिवाना तोकिएका फरार प्रतिवादि पक्राउ , २०६९ सालमा जबरजस्ति करणि मुद्धामा कैद सजाए तोकिएका फरार प्रतिवादी पक्राउ ,विभिन्न चोरी मुद्धामा संलग्न हरुलाइ छिट्टै कानुनि दायरामा ल्याउन सफल भएको लगायत अन्य महत्वपुर्ण कार्यगरि प्रहरी संगठन र समाजमा अतुलनिय योगदान गरेको भन्दै थप हौषला मिलोस् भनि भदौ महिनाको उत्कृष्ट प्रहरी पुरस्कार मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङलाई प्रदान गरिएको थियो । 

त्यस्तै गत तिहारमा मेलम्ची नगरपालिका वडा नम्बर ८ मा र मेलम्ची ५मा जुवातास खेलिरहेका जुवाडे हरुलाइ पक्राउ गर्न सफल भएको भन्दै प्रहरी जवान सन्जय कुमार यादवलाई सम्मान गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment