अवदेखी मेगा बैंकको क्यू आर कोडबाटै टेम्पोमा यात्रा गर्ने यात्रुहरुले भाडा तिर्न सक्ने

१७ फागुन, काठमाडौं । अव दखी टेम्पोमा यात्रा गर्दा मेगा बैकंको क्यूआर कोडबाट भाडा तिर्न सकिने भएको छ ।

काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै भाडा तिर्न सकिने सेवा सुरु गरेको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको ब्यवस्था गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment