ग्यारेथ बेल चम्किदा टोटनह्यामको सानदार जीत

१७ फागुन, काठमाडौं । इङलिस प्रीमियर लिग अन्तर्गत गयराती भएको खेलमा स्टार खेलाडी ग्यारेथ बेल चम्किदा टोटनह्याम हड्स्पटले बर्नलीलाई ४-० गोल अन्तरको सानदार जीत निकालेको छ ।

ग्यारेथ बेलले खेलको २ र ५५ औं मिनेटमा गोल गरेका थिए । खेलमा ह्यारी केन र लुकास मोराले खेलको १५ र ३१ औं मिनेटमा गोल गरेका थिए ।

३१ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि मोउरिन्होको टोलीले ३-० को आरामदायी अग्रता बनाएको थियो । त्यसअघि केनको प्रहारमा गोलरक्षक निक पोपले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको अन्त्यतिर सनको प्रहारमा पोप नै बाधक बनेपछि खेल ३-० रहेको थियो ।

दोस्रो हाफमा टोटेनहमले बल पोसेसनमा ध्यान दिएको थियो । ५५ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो गोल गरे । उनले सनको लामो पासलाई नियन्त्रणमा लिँदै बायाँ खुट्टाले सेकेन्ड पोस्टमा गरेको प्रहार पोपले बचाउने कुनै अवसर पाएनन् । मोउरिन्होले बेललाई अन्तिम २० मिनेट भने विश्राम दिँदै एरिक लामेलालाई मैदान छिराएका थिए ।

७२ औं मिनेटमा केनको प्रहारमा पोपले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई ५ गोलको अग्रता लिन दिएनन् । इन्ज्युरी समयमा टोटेनहमले बढाएको काउन्टर अट्याकमा केन गोल गर्नबाट चुके । सनको पासमा उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

टोटनह्याम जीतसंगै लिग तालिकामा २५ खेल खेल्दै ३९ अंकका साथ ८ औं स्थानमा छ। भने बर्नली यो हारसंगै लिग तालिकामा २६ खेल खेल्दै १५ औं स्थानमा छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment