शल्यक्रिया गराउँदै अमिताभ !

१६ फाल्गुन, मुम्बई । बलिउडका मेगास्टार अमिताभ बच्चनले आफूले शल्यक्रिया गराउन लागेको बताएका छन् । सामाजिक सञ्जाल र ब्लगमार्फत प्रशसंकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने उनले शनिबारको ब्लगमा शल्यक्रियाबारे उल्लेख गरेका हुन् ।

बच्चनले लेखेका छन्, “स्वास्थ्य अवस्था… शल्यक्रिया… केही लेख्न सक्दिनँ ।” यी केही अपूर्ण शब्दहरु लेखेर उनले स्वास्थ्य अवस्था केही कमजोर भएको र शल्यक्रिया गराउन लागेको जानकारी दिएका हुन् ।

उनको यो पोस्ट सार्वजनिक भएसँगै थुप्रै प्रशंसकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यद्यपि, उनले शल्यक्रिया सफलतापूर्वक सकिएको हो वा होइन भन्नेबारे भने केही जानकरी दिएका छैनन् ।

७८ वर्षीय अमिताभ यसअघि कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थिए ।  टाइम्स अफ इन्डिया



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment