कालीप्रसाद बाँस्कोटाको शब्द, संगीतमा ‘मैना’ सार्वजनिक ( भिडियो )

१४ फाल्गुन, काठमाडाैं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश ‘मैना’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा युवती बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा कालीप्रसादकै शब्द र संगीत छ। म्युजिक भिडियोमा कलाकार बिज्ञान र गरिमा शर्मालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस भिडियोलाई शंकल भुजेलको छायांकन गरेका हुन्। भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ। रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो। भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment