नापोली युरोपा लिगबाट बाहिरियो

१४ फाल्गुन, एजेन्सी । इटालियन क्लब नापोली युरोपा लिगबाट बाहिरिएके छ ।

बिहिबार राति घरेलु मैदानमा सम्पन्न दोश्रो लेगको खेलमा ग्रानडालाई हराएपनि नापोली युरोपा लिगको अन्तिम ३२ चरणबाटै बाहिरिएको हो । गएराति भएको खेलमा नापोलीले ग्रानडालाई २–१ गोल अन्तरले हराएको हो ।

तर यसअघि भएको पहिलो लेगको खेलमा नापोलीले ग्रानडासँग २–० गोल अन्तरको हार बेहोरेको थियो । तसर्थ समग्रमा दुइवटा लेगमा ३–२ गोल अन्तरको हारको सामना गरेपछि नापोली युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिन बाध्य भएको हो ।

गएराति भएको खेलमा पिटर जिलेन्सकीको गोलमा नापोलीले अग्रता बनाएको थियो । उनले खेलको तेश्रो मिनटमा नै नापोलीलाई अघि बढाएका थिए ।

तर २५औं मिनटमा ग्रानडाका एन्जल मोन्टोरोले गोल गरेपछि नापोलीलाई समग्रमा कम्तिमा ३–१ गोल अन्तरको जित आवश्यक पर्न गयो ।

दोश्रो हाफको ५९ औं मिनेटमा फाबियानले नापालेलीका लागि गोल गरेपनि बाँकी रहेको समयमा थप गाृल गर्न चुक्दा नापोली युरोपा लिगको अन्तिम १६ मा पुग्नबाट बञ्चित बन्यो ।

यता समग्रमा गोल अन्तरको जित निकाल्न सफल बनेको ग्रानडा प्रतियोगिताको अन्तिम १ मा स्थान बनाउन सफल रह्यो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment