अबामेयाङ्गको नाटकिय गोलमा आर्सनल अन्तिम १६ मा प्रवेश

काठमाडौं । आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब आर्सनलले सहज जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा बेन्फिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा आर्सनलले १–१ गोलको बराबरी खेलेको थियो । आर्सनलले समग्रमा ४–३ को जितसहित प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

ग्रीसको एथेन्समा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । किएरण टीएर्नेको एक गोल गरे । बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले एक एक गोल फर्काए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment