फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

१४ फागुन, काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठकको आह्वानका लागि सिफारिसको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओलीले संसद् बैठक आह्वान गर्ने सम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment