नेकपा संसदीय दलमा ओली अझै बहुमत नजिक, केही अनुपस्थित

१३ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नयाँ नेता छान्ने प्रक्रिया बढाइने पहल सुरु भएको छ । आज नेकपाको प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक डाक्दा यसअघि हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गरेका ९० जनामध्ये केही अनुपस्थित भए ।

शेरबहादुर तामाङले गुट परिवर्तन गरिसकेका छन् । विभिन्न कारण देखाउँदै केही प्रभावशाली नेता समेत अनुपस्थित भए । तर, उनीहरु विभिन्न कार्यक्रममा रहेकाले अनुपस्थित भएका हुन् ।

आजको उपस्थिति हेर्दा नेकपा संसदीय दलमा प्रधानमन्त्री ओली अल्पमतमा परेको देखिन्छन् । तर, केही संख्यामात्र तलमाथि भएकाले ओली अझै बलियो नै छन् ।

नेकपा संसदीय दलमा प्रतिनिधि सभातर्फ १७४ संख्या छ । जसमध्ये सभामुख अग्निप्रसाद सापकोटा पनि रहेकाले १७३ को मतदानबाट संसदीय दलको नेता चयन हुन्छन् ।

प्रचण्ड माधव समूहको ९० सिट गणना गर्ने हो भने ओलीको पक्षमा ८३ देखिन्छन् । अब ४ जना यताउता भएमा मात्र पनि ओली बहुमतमा पर्न सक्छन् ।

विभाजित भएपनि वैधानिक रुपमा नेकपा विभाजन भएको मानिदैन । संसदीय दलको नेताबाट ओलीलाई हटाउन पार्टीभित्रको संसदीय दलको चुनाव हुनुपर्छ । प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव पनि लान सकिन्छ । त्यसबारे प्रचण्ड नेपाल पक्षले तयारी गरेको छ । त्यसैले आफ्नो पक्षका प्रतिनिधि सभा सदस्यहरुलाई उपत्यका नछाड्न भनिएको छ । आजको संसदीय दलको बैठकमा यी विषयमा गम्भीर कुराकानी भएको छ ।

ओलीलाई संसदीय दलबाट हटाउनका लागि बैठक डाकिनुपर्छ । ओली आधिकारिक रुपमा संसदीय दलको नेता छन् । उनले नडाके उपनेता सुवासचन्द्र नेम्वाङले डाक्ने व्यवस्था छ । तर, दुवैले नडाकेपछि अर्को समस्या आउनसक्छ । अर्कोतर्फ, ओलीले पार्टी संसदीय दलको बैठकबाट सामना गर्ने सम्भावना पनि रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment