नेपालमा संबैधानिक संकट र कुहिराेमा हराएकाे काग जस्तै काङ्ग्रेस

याेगेन्द्र खरेल

११ फाल्गुन, लिस्वाेन (पाेर्चुगल ) । 
नेपाली काङ्ग्रेस नेपालकाे प्रजातान्त्रिक ईतिहास बाेकेकाे पार्टी । बिपि , गणेशमान , कृष्णप्रसाद जस्ता देशप्रेमि र त्यागी नेताहरुले जन्माएकाे र हुर्काएकाे पार्टि । देशमा जनताकाे अधिकार र संविधान रक्षाकाे लागि निरन्तर जस्ताे सुकै बलिदान गर्न तयार हुने पार्टी । आफुले हार्दै गर्दा देश र जनताले जित्नुपर्छ भन्ने कुरामा बिश्वास गर्ने पार्टि । यी सबै एकादेशकाे कथा जस्तै भएकाे अहिले नेपाली काङ्ग्रेसमा ।       

जब जब देश र जनतामा संकट आउँछ तब तब देश र जनताकाे अधिकार स्थापित गर्नेे आन्दोलन र अभियानकाे नेतृत्व गर्ने काम काङ्ग्रेसले नै गरेकाे स्पष्ट इतिहास छ । चाहे राणा शासन , चाहे पन्चायत शासन , चाहे राजाहरुकाे शासन यी सबै शासनहरुमा जब शासकहरु निरंकुश भए तब काङ्ग्रेस कै नेतृत्वमा आन्दोलन र क्रान्तिहरु भए फलस्वरूप शासकहरु विस्थापित भए अनि जनताका अधिकारहरु क्रमशः स्थापित हुँदै गए । 

देशलाई र नागरिकहरुलाइ संकट परेकाे बेला आफु हारेरै भए पनि देश र जनतालाई जिताउन तयार हुनुपर्छ भन्ने जुन इतिहास काङ्ग्रेसले बनायाेे त्याे नै उसकाे प्रशंसा गर्न याेग्य काम थियाे । यसकाे पछिल्लाे उदाहरण थियाे , राजतन्त्रकाे बिदाई पछि जब तत्कालिन माअाेबादि शान्ति प्रक्रियामा आयाे र चुनाबकाे घाेषणा गरियाे ।           

याे बेला देशमा नेपाली काङ्ग्रेस कै प्रधानमन्त्री र गृहमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला ले त्याे बेलाकाे अबस्थाबारे पक्कै राम्रै अध्ययन गरेका थिए हाेला । भर्खर भर्खर सशस्त्र युध्दबाट शान्तिप्रक्रियामा आएकाे माअाेबादिले न त उ  संग भएका सबैै सशस्त्र युध्दका बेला तयार भएका संरचनाहरु भंग गरेकाे थियाे न त आम नागरिक उसकाे हत्या हिंसाकाे त्रासबाट मुक्त भईसकेका थिए । यस्ताे बेला हुने निर्वाचन कस्ताे हाेला नतिजा कस्ताे आउला भन्ने  बारेमा पक्कै गिरिजाप्रसाद जानकार थिए हाेला ।

यस्ताे विषम परिस्थितिमा उनले चाहेकाे भए केही समय निर्वाचन सारेर काङ्ग्रेस कै पक्षमा माहोल सृजना गर्दै केही समय पछि निर्वाचन ताेक्न सक्थे हाेला तर उनी यसाे गरेनन । हत्या हिंसाबाट त्रसित जनतासामु माअाेबादि जानेछ  डर धम्की दिनेछ जनतालाई हसिया हताैडा मतदान गर्न बाध्य गराउनेछ र  जनता पनि यसै गर्न बाध्य हुनेछन , यसले काङ्ग्रेस हार्नेछ भन्ने काङ्ग्रेसका  नेता देखि सामान्य कार्यकर्ताहरुले स्पष्ट बुझेका थिए । तर काङ्ग्रेस ले जित्नु भन्दा देश र जनताले जित्नु महत्त्वपूर्ण कुरा हाेे , काङ्ग्रेसले हार्दै गर्दा देश र जनताले जित्छन भने स्वयं काङ्ग्रेस हार्न तयार हुनुपर्छ भन्ने मान्यता राख्याे , देशमा निर्वाचन भयाे अनुमान गरे बमोजिम नै राजनीतिक बाताबरण बन्याे , डर धम्कीका बिच सम्पन्न निर्वाचनले माअाेबादिले जित्याे र काङ्ग्रेसले हार्न तयार भयाे ।

यहि बेला हाेला सायद नेपालकाे इतिहासमा स्वयंम गृहमन्त्री पराजित भए र सहर्ष पराजय स्विकार गरे ।  त्याेे बेला देश भरबाट चुनाबकाे बेला माअाेबादिले गरेकाे ज्यादती काे बारेमा काङ्ग्रेस नेताकार्यकर्ताहरुले आवाज उठाए , त्याे बेला गिरिजाप्रसाद ले भनेका थिए एउटा चुनाब काङ्ग्रेसले हार्दै गर्दा देशले जित्छ भने त्याे हार स्विकार्न तयार हुनुपर्दछ । संगै उनले भनेका थिए , याे चुनावमा हामि हार्दै गर्दा जितेकाे माअाेबादिले हत्या हिंसाकाे मानसिकता त्याग्नेछ र देशले नया राजनीतिक काेर्षकाे शुरुआत गर्नेछ  ।     

कसैले भन्नुहाेला , गिरिजाप्रसादकाे नेतृत्वमा  काङ्ग्रेसले हार्दै  खै गर्दा देशले के पायाे र जनताले के पाए त ? यसकाे एउटै उत्तर छ शान्ति र अमनचयन । काङ्ग्रेस बेला बेला धेरै पटक जित्दै गर्दा जनताले केही पाएनन तर त्याे बेला काङ्ग्रेसले हार्दै गर्दा जनताले धेरै पाए , स्कुल गएका , अफिस गएका , खेतमा काम गर्न गएका घरका सदस्य साझ घर फर्कने कुराकाे केही ठेगान थिएन , बिहान संगै खाना खाएका परिवार सदस्यहरु बेलुकाकाे खाना खादा संगै हुन्छन कि नाई केही ठेगान थिएन । कसकाे, कहाँ ,कसरि, हत्या अपरण हुन्छ त्यसकाे केहि ठेगान थिएन । यि र यस्तै दर्दनाक घटनाहरुबाट मुक्ति दिलायाे त्याे बेला काङ्ग्रेसले हार्दै गर्दा ।

देशकाे शासनसत्ताकाे बागडोर लामाे समय सम्म सम्हाले ता पनि  देश बिकास र उन्नतिकाे क्षेत्रमा सम्झन याेग्य खासै काम नगरेता पनि जब देशमा राजनीति तथा संबैधानिक संकट आइपर्छ तब जनताकाे अधिकार र संबिधानकाे रक्षाकाे लागि आन्दोलनकाे नेतृत्व गर्ने काङ्ग्रेस याे संबैधानिक संंकटकाे बेला खै कता बरालिएकाे छ । सफा आखाले संविधानका धारा उपधाराहरु हेर्ने हाे र तत्कालीन संविधान निर्माण गर्ने बेलाका सभामुख ले उक्त समयमा दिएका अभिब्यक्तिहरु सुन्ने हाे  भने  देशका  प्रधानमन्त्रीकाे कदमले देशमा संबैधानिक संकट सृजना भएकाे सजिलै अनुमान लगाउन सकिन्छ । 

अहिले प्रचण्डले काम गर्न दिएनन भन्दै संसद विघटन गर्ने , केपि आेलि ले भाेलि फेरि प्रधानमन्त्री हुँदै गर्दा बादलले काम गर्न नदिदा संसद बचाइ राख्लान त ? याे गम्भीर बिषय हाे । यसरि  कुनै पनि प्रधानमन्त्रीले  कुनै पनि बेला अर्बौं खर्च गरेर जनताकाे मत बाट चुनिएकाे संसद सनक काे भरमा खाइदिन सक्ने  याे भन्दा गम्भीर बिषय के हाेला ?   तर यस्ताे गम्भीर परिस्थितिमा पनि नेपाली काङ्ग्रेस बाटाे बिराएकाे बटुवाकाे जस्तै चाल देखाउनु प्रजातन्त्रप्रेमिहरुका लागि निकै लज्जाकाे  बिषय बनेकाे छ ।  पार्टी नेतृत्व यस्ताे हविगति देख्दै गर्दा काङ्ग्रेसका वास्तविक कार्यकर्ता पक्कै लज्जित भएका छन हाेला ।    

यस्ताे विषम परिस्थितिमा संबेदनसिल हुनुपर्ने काङ्ग्रेस नाङ्गो नाच नाचिरहकाे छ । स्वयंम आफ्नै अध्यक्षतामा  बसेकाे बैठकले पारित गरेकाेे निर्णय बिपरित पार्टी सभापति नै भाषण ठाेक्दै हिड्छन भने सच्चा काङ्ग्रेसिहरुकाे लागि याे भन्दा लज्जाकाे बिषय के नै हुनसक्ला र ? हुन त स्वयंम काङ्ग्रेस सभापति नै सरकारकाे याे असंवैधानिक कदमकाे फड्के किनाराकाे साक्षि  बसेका छन भन्ने हल्ला व्यापक नै छ यसरि हेर्दा उनी र उनि निकटका नेता कार्यकर्ताहरु सरकार समर्थक काङ्ग्रेस हुने भए भने काङ्ग्रेसकाे अर्को समुह सरकारकाे असंवैधानिक कदमकाे खुलेरै डटेर बिराेध गरिरहेकाे छ । याे समुहका नेता तथा कार्यकर्ताहरु सडक समर्थक काङ्ग्रेस भए ।     

आफ्नै अध्यक्षतामा बसेकाे बैठककाे निर्णय बिपरित अभिव्यक्ति दिने सभापति सायद नैतिकरुपमा काङ्ग्रेस का सभापति हुन वा हाेईन त्याे बहसकाे बिषय हाेला । तर काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई दुईवटा कुराले प्रभावित पारेकाेे हुनसक्दछ ,। एउटा सरकार संग केहि कुराकाे लेनदेन गरि याे कदमकाे फड्के किनाराकाे साक्षि  बसेका हुनसक्छन । अर्काे ज्याेतिषले फेरि पनि प्रधानमन्त्री बन्छाै  भनेकाे कुराकाे प्रभाव हुनसक्दछ । याे अबस्थामा सरकारले चुनाव गराईहाल्याे भने काङ्ग्रेस पहिलाे पार्टी बन्नेे लगभग निश्चित नै छ र आफु पार्टी सभापतिकाे हैसियतले पुनः प्रधानमन्त्री बन्ने दिवा सपनाले उनलाई प्रभावित पारेकाे हुनसक्दछ ।    

हाे तत्कालीन अबस्थामा निर्वाचन हुने हाे भने काङ्ग्रेसले राम्रै चुनावी नतिजा  हाता पार्दछ यसमा सायद कसैकाे बिमती नहाेला तर तत्कालीन प्रश्न भनेकाे फेरि काङ्ग्रेसले जित्ने कि देेेश र संबैधानिक ब्यबस्थाले जित्ने भन्ने नैै हाे । यदि काङ्ग्रेसले जित्ने कुरा नै महत्त्वपूर्ण हाे भने किन्तु परन्तु नभनिकन सरकारकाे याे कदमकाे समर्थन गर्दै चुनावी माहोल सृजना गर्न तर्फ लाग्नुपर्दछ,  भने देश र संबैधानिक व्यवस्थाले जित्नु महत्त्वपूर्ण हाे भने याे सरकारकाे कदमकाे बिरुद्ध काङ्ग्रेसले नै नेतृत्व गरि शान्तिपूर्ण तरिकाले याे कदमलाई घुडा टेकाउदै कानुनी शासनको प्रत्याभूत गराउनु पर्दछ ।    

तर देश कानुनी संकटमा परेकाे बेला ,।लाेकतन्त्र र कानुनी शासनकाे पक्षधर भन्ने हवला दिने काङ्ग्रेस कुहिराेमा हराएको काग जस्तैै भएकाे छ । यस्ताे संकटकाे बेला याे बिषयमा काङ्ग्रेसकाे धारणा के हाे भन्ने नै अलमल छ , एउटा नेता भन्छ बैशाखमा चुनाव जसरि पनि गर्नुपर्दछ अर्को नेता भन्छ याे असंवैधानिक कदम तुरुन्तै सच्याउनुु पर्दछ । बाफ रे बाफ जनताले कुन लाई काङ्ग्रेस मान्ने , कार्यकर्ताहरुले कुन नेताकाे निर्देशन अनुसरण गर्ने बिचरा कति गाह्रो छ हाेला ती काङ्ग्रेसि कार्यकर्ताहरुलाई ।      

यस्ताे संकटकाे बेला कुहिराेमा हराउने पार्टी काङ्ग्रेस हुनै सक्दैन , याे त काङ्ग्रेसकाे सिद्धान्तमा राज गर्ने लाेभिपापिहरुकाे जमात हाे । काङ्ग्रेस त त्याे हाे जसले देश , जनता र संबिधान संकटकाे बेला किन्तु परन्तु नभनि तत्काल यसकाे रक्षार्थ उभिन्छ , संबैधानिक व्यवस्थाकाे धज्जि उडानलाई घुडा टेकाउदै संबिधानकाे रक्षा गर्दछ । प्रजातन्त्र र कानुनी शासनकाे पक्षमा चट्टान झै उभिने पाे काङ्ग्रेस । एकादेशमा काङ्ग्रेस थियाे , अहिले लाेभिपापिहरुकाे झुन्ड बनकाे छ , यस्ताे झुन्डबाट जनताले आशा गर्नु ब्यर्थ नै हुनेछ ।        

काङ्ग्रेसि नेताहरु सुध्रिउन , प्रजातन्त्र ,  कानुनि शासन र जनताकाे हकहितका पक्षमा चट्टान झै उभिउन , समग्र प्रजातन्त्रप्रेमिकाे एउटै यहि कामना छ र रहिरहने छ।    

जय देश जय नेपाल 



मल्टिमिडिया ग्यालरी

digitalkhabarportugleYogendra Kharel
Comments (0)
Add Comment