बार्सिलोना बराबरीमा रोकियोऽ जितबाट बञ्चित

१० फागुन, एजेन्सी । खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना ला लिगामा आइतबार बराबरीमा रोकिएको छ । काडिजविरुद्ध घरलु मैदानमा भएको खेलमा बार्सिलोनाले १–१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो ।

खेलको अन्त्यतिर सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हाे । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो । कप्तान लिओनल मेस्सीलेको गोलमा बार्सिलोनाले पहिलो हाफ अग्रता लिएको थियो । ३२ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

अघिल्लो साता च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित बार्सिलोनाको हारपछि उपाधि दौड फेरि कमजोर भएको छ । सिजनमा मिश्रित खाले प्रदर्शन गरिरहेको बार्सिलोनालाई आइतबार जित निकाल्दै शीर्षस्थानको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी घटाउने अवसर थियो ।

तर, टोली फेरि एक पटक अन्तिम समयमा पुगेर जितबाट विमुख भएको छ । शनिबार एट्लेटिको पराजित भएको थियो भने अर्को खेलमा रियल विजयी भएको थियो । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले काडिजविरुद्धको खेलमा पिएसजीविरुद्धकै टोलीलाई निरन्तरता दिएका थिए ।

बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको ४७ अंक पुगेको छ । एट्लेटिकोको ५५ र रियलको ५२ अंक छ । १४ औं स्थानको काडिजको २५ अंक छ । बार्सिलोनाले रियलभन्दा १ खेल कम खेलेको छ ।



मल्टिमिडिया ग्यालरी

footballmessi
Comments (0)
Add Comment