युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

०७ फाल्गुन, एजेन्सी । पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० ले पराजित गरेको छ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ ।

इटालीमा बिहीबार राति भएको खेलमा म्यानचेस्टर टुनाइटेडले सोसिडालाई ४–० गोलले पराजित गरेको हो ।

म्यानचेस्टरको जितमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल गरे ।

यो जितसँगै युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग ओल्डट्राफोर्डमा हुनेछ । दोस्रो लेगमा युनाइटेडलाई अघिल्लो चरण प्रवेश गर्न यही नतिजा पर्याप्त हुनेछ । सोसिडाडलाई ५–० को निश्चित जितको खाँचो हुनेछ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment