‘मिसन इम्पोसिबल ७’ छायांकन क्रू सँग रिसाए टम क्रुज

 ०७ फाल्गुन,  हलिउड (एजेन्सी) । हलिउड अभिनेता टम क्रुज अहिले ‘मिसन इम्पोसिबल ७’ को छायांकनमा व्यस्त छन् । यसैको छायांकनमा रहेका उनी छायांकन क्रू सँग भने रिसाएका छन् ।

क्रूका केही सदस्यसँग रिसाउँदै पुन: गल्ती दोहोर्‍याए टिमबाट निकाल्ने चेतावनी पनि दिएका छन् ।

केही क्रू सदस्यले सेटमा संक्रमण फैलिन नदिन लागु गरिएको सुरक्षाका नियमहरु तोडेपछि टम आक्रोशित बनेका हुन् ।

रिपोर्टअनुसार दुईजना क्रू सदस्य कोरोनाको गाइडलाइन तोड्दै एक-अर्काको नजिक उभिएका थिए ।

यो देखेर आक्रोशित बनेका टमले उनीहरुलाई चेतावनी दिँदै यसो भने, “यदि मैले फेरि पनि तिमीहरुलाई यसरी देखेँ भने तिमीहरुलाई टिमबाट निकालिदिनेछु ।

हामीले हजारौं जब क्रियट गर्छौं, उनीहरुले हामीलाई विश्वास गरेर चलचित्र छायांकन गर्न फर्किएका हुन् ।

तर हामीले यो के गरिहेका छौं ?” अभिनेता टम कोभिड-१९ संक्रमण रोक्न लागु गाइडलाइनलाई लिएर धेरै कडा छन् ।



मल्टिमिडिया ग्यालरी

digitalkhabar
Comments (0)
Add Comment