सपनाको नयाँ गीत ‘मिठा-मिठा बोली’ सार्वजनिक

१३ जेठ, काठमाडाैँ । काठमाडौँमा सपना आर बम्जनले आफ्नो नयाँ गीत ‘ मिठा-मिठा बोली…. ‘ बजारमा ल्याएकी छिन् । विगत केही समय अस्ट्रलिया बस्दै आएकी बम्जनले माया प्रेमकाे परिवेशमा सकारात्मक पक्षलाई समेटेर बनेकाे उक्त भिडियो शुक्रबार टेक तामाङ अफिसियलबाट सार्वजनिक गरेकी हुन् ।

वरिष्ठ गीतकार एवम एआइजी टेक तामाङको शब्द रहेको उक्त गीतमा शान्तिराम राईले संगीत भरेका छन् । यस गीतमा अनु चौधरीले महिलाको र दिपक लिम्बुले पुरुषको स्वर दिएका छन् ।

म्युजिक अरेञ्जर महाराज थापाको रहेको छ भने उक्त ।श्रव्यदृश्यलाई प्रदिप हमालले निर्देशन गरेका हुन् ।सार्वजनिक म्युजिक भिडियोमा मोडेलका रुपमा बम्जनलाई नै देख्न सकिन्छ भने उनलाई सनम कठायतले साथ दिएका छन् । बम्जनले २०७५ सालमा ‘अंगालोमा बेरिरहुँ’ बोलको म्युजिक भिडियोबाट संगितक्षेत्रमा सुरुवात गरेकी उनले यसपटक भने आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनको ती भिडियोहरु बजारमा छिट्टै पस्किने तयारीमा रहेको उनले बताइन् ।

यस गीतमा प्रेम-प्रमिकाले चाेखाे माया गरेकाे र एकअर्कालाई समर्पित र विद्यमान समाजमा असल छाप पार्ने चरितार्थ हुने दृश्य दाेखाइएकाे छ । एउटा प्रेमीले प्रमिकालाई छोडेर एक परिवारको सपना पूरा गर्न लागेको समय र सँगै प्रेम बाँडेको उक्त भिडियोमा देख्न सकिन्छ ।


एक प्रेमिकाले कल्पना गरेका सबै मायाका कुराहरु यस भिडियाेमा देखाईएको छ । एक असल पुरुषकाे प्रेममा एक प्रेमिकाले कतिसमयसम्म पनि धैर्यधारण गर्न सक्छिन् भन्ने जड यस गीतले बाेकेकाे देखिन्छ । समग्रमा यस गीतले नारीलाई बलियाे पात्रका रुपमा प्रस्तुत गरेकाे देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment