शम्भुजीतले बनाउने फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथा चुचुरोबाट सार्वजनिक

१० जेठ, काठमाडौं । प्रसिद्ध संगीतकार शम्भुजीत बास्कोटाले निर्माण गर्न लागेको फिल्म ‘टासीदेलेक : अ वे टु हेभन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । त्यो पनि सगरमाथाको चुचुरोबाट ।

हिमालय टिभीको डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’की विजेता छिरिङ शेर्पाले यसैसाता सगरमाथाको चुचुरोबाट आगामी फिल्मको पोस्टर लन्च गरेकी हुन् ।

पोस्टर हेर्दा यो फिल्म सगरमाथा आरोहीबारेको कथामा बन्न लागेको बुझ्न सकिन्छ । पोस्टरमा पनि सगरमाथा आरोहणका लागि हिंडेका आरोही र उनीहरुले गरेको आरोहण अभ्यास देख्न सकिन्छ ।

यो फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । फिल्ममा ‘नाइँ नभन्नु ल ६’ डेब्यु अभिनेता आशीर्वाद क्षेत्री, लाक्पा देन्डी शेर्पा र छिरिङ शेर्पाको अभिनय हुनेछ ।

फिल्ममा बास्कोटा र सुजन खनालको संगीत, पत्रकार समेत रहेका चर्चित ढुंगेलको पटकथा लेखन हुनेछ । फिल्मबारे थप खुलाइएको छैन । फिल्मबारे औपचारिक घोषणा चाँडै गर्ने तयारी छ ।

अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बास्कोटा र थापाले फिल्म बनाउन लागेको बुझिएको छ । अन्तर्राष्ट्रिय प्राविधिकको पनि यसमा संलग्नता रहेको चर्चा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment