कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रधानमन्त्री प्रचण्डको संकेत

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्।

सोमबार नेकपा एमालेको पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन्।

उनले कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु नै अबको देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गर्दै राम्रो कामका लागि प्रयास जारी राख्ने बताए।

उनले कम्युनिष्टहरुको वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने बताए। उनले राष्ट्रिय स्वाधिनता, सुदृढिकरण, लोकतन्त्रको सुदृढिकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नरहेको बताए।

समाजवाद नै अबको क्रान्तिको बाटो भएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताए। उनले चुनौतीको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम भएको बताए।

राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो भएको भन्दै सबैले साथ र सहयोग गर्नुपर्ने बताए।

प्रधानमन्त्री दाहालले मानव जाति जतिसुकै विकसित भएपनि जलवायु परिवर्तनको कारणले यदी प्रकृति, समाज र मानव चिन्तन भन्दा बाहिर गएर गतिविधि गर्न थाले प्रकृतिले जवाफ दिने बताए।

उनले युएईमा हालै भएको डुबानको उदाहरण दिँदै प्रकृतिको दोहन गर्दाको परिणाम राम्रो नहुने बताए। उनले जलवायु परिवर्तनका विषयलाई पनि कम्युनिष्टहरुले अध्ययन, अनुसन्धान र विश्लेषणको विषय बनाउन जरुरी रहेको बताए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment