वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुन्छ : कांग्रेस

०७ वैशाख,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो दाबी गरेका हुन्।

उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए। उनले गठबन्धनमा रहेका दलहरुबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमहरुबाट स्पष्ट हुने बताए।

उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे। उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए। उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली कांग्रेस सचेत र सजग रहेको बताए।

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए। अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment