तोयम राया महालेखापरीक्षकमा नियुक्त

६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोयम रायालाई महालेखापरीक्षकमा नियुक्त गरेका छन् ।

४ वैशाखमा संसदीय समितिबाट अनुमोदन भएका रायालाई राष्ट्रपति पौडेलले बिहीबार महालेखापरीक्षकमा नियुक्त गरेका हुन् ।

१८ चैतमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखापरीक्षकमा सिफारिस गरेको थियो ।

यसअघि तथ्यांक कार्यालयका प्रमुख रहेका राया पूर्व अर्थ सचिवसमेत हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment