नेपाल फाइनान्सको नाफा ८७% घट्यो, वितरणयोग्य मुनाफा २२ करोड बढी ऋणात्मक

०५ वैशाख, काठमाडाैं । नेपाल फाइनान्स लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा प्रभावित भएको हो ।

गत आवको यसै अवधिमा १ करोड ३ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ८७.२५ प्रतिशतले नाफा घटेको हो ।
खुद नाफा घटेसँगै फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) १ रुपैयाँ ८९ पैसाबाट घटेर २४ पैसामा सीमित भएको छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा, मूल्य आम्दानी अनुपात १८६२ गुणा, कस्ट अफ फन्ड ८.४३ प्रतिशत, आधारदर १२.३५ प्रतिशत छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा क्रमशः निक्षेप २४.२९ र कर्जा लगानी ३३.२५ प्रतिशत धेरै हो ।

चैत मसान्तसम्म कम्पनीले ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा १३.२८ प्रतिशत धेरै हो । चैत मसान्तसम्म कम्पनीले खराब कर्जा नोक्सानी (इम्पेयरमेन्ट चार्ज) वापत १ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा खराब कर्जा अनुपात १३.१६ विन्दुबाट घटेर ९.२४ प्रतिशतमा झरेको छ ।

नेपाल फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड ३९ लाख ९५ हजार रुपैयाँ सञ्चित छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment