मुस्लिम समुदायले मनाए इद पर्व

२९ चैत, काठमाडौँ । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र (इद) पर्व मनाएका छन् । इद इस्लामिक वर्ण अनुसार मनाइने सबैभन्दा ठूलो चाड मध्ये एक हो ।

रमजान महिनाको अन्त्यमा दिनभर व्रत बसेर नमाज पढेर इद पर्व मनाइन्छ । इद उल फित्र भनेको व्रत समाप्त गर्ने पर्व हो ।

हिजरी क्यालेन्डरमा इस्लाम धर्मावलम्बीहरूले शैवाल महिनाको पहिलो मितिमा रमजान महिनाभर उपवास बसेर इद मनाउने गर्छन् । इदको अवसरमा अल्लाह (ईश्वर) को नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा हो।

इदको पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ । रमजानको शुक्ल पक्षको पहिलो चरण रमजान सकिएपछि मनाउने चलन छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment