सुनको भाउले लगातार तोड्दै रेकर्ड, सोमबार कतिमा हुँदैछ कारोबार ?

२६ चैत, काठमाडाैं । सुनको भाउले फेरी नयाँ रेकर्ड बनाएको छ । आइतबार रेकर्ड बनाएको सुनको भाउले सोमबार फेरी उक्त रेकर्ड तोडेको हो ।

सोमबार छापावाला सुनको भाउ १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

अमेरिकी रिजर्ब बैंकको नीति, अमेरिकी डलरको मुल्यमा देखिएको मजवुति, द्धन्द तथा चिनले सुनमा बढाएको लगानी लगायतका कारणले सुनको मुल्य उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३४२ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ८१ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment