आज उपनिर्वाचनका उम्मेदवारको मनोनयन दर्ता

२४ चैत,काठमाडौं। इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन्। आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ।

मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ। भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ।


निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।


आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो।

आयोगले उपनिर्वाचन हुने दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोक्नुका साथै मतदान स्थल समेत तोकिसकेको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment