विराटनगरमा तास खेलिरहेका १० जना पक्राउ

२१ चैत, विराटनगर । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ का वेदनिधि दाहालको घरमा तास खेलिरहेका १० जना मंगलबार बेलुका पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१२ का ४० वर्षीय किशन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्रबहादुर सुब्बा, ५३ वर्षीय वेदनिधि दाहाल पक्राउ परेका छन् ।

त्यस्तै विराटनगर–११ का ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनिष अधिकारी, ५० वर्षीय बाबुराम कट्टेल र विराटनगर–१० का ३७ वर्षीय रामबाबु राय पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ८२ हजार रूपैयाँ बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध जुवा ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment