‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ योजना सार्वजनिक

१९ चैत, काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ योजना सार्वजनिक गरेको छ ।

१९ चैतदेखि नेपाल भरि सुरु भएको यो योजनामा ग्राहकको यात्रालाई खास बनाउन तीन गुणासम्म नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीको भनाइ छ ।

ग्राहकको सन्तुष्टिको निमित्त हुन्डाईले समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको र यही क्रममा ग्राहकले स्क्य्राचको तीन गुणासम्म नगद छुट समेत प्राप्त गर्न सक्ने छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।

यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीले बताएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment