नेपाल–आयरल्यान्ड ‘ए’ टी–२० सिरिज: अन्तिम खेलमा पहिला ब्याटिङ गर्दै नेपाल

१९ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्फबीच जारी टी–२०औ आई सिरिज अन्तर्गत अन्तिम तथा फाइनल खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

टस जित्दै आयरल्यान्डले पहिला फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो। तीन टी–२० खेल अन्तर्गत आज अन्तिम खेल हो।

आयरल्यान्ड आजको खेल पनि जित्दै सिरिज क्लीन स्वीप गर्ने योजनामा रहेको छ भने नेपाल तीन खेल मध्य कम्तिमा एक खेल भए पनि जित दर्ता गर्ने दबाबमा छ।

यसअघि भएका दुई खेलमा नेपाल पराजित भएको थियो। शुक्रबारको पहिलो खेलमा २१ रनले पराजित नेपाल शनिबार भएको दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment