ट्याक्सी चालकलाई लुटपाट गर्ने दुई पक्राउ

१८ चैत, काठमाडाैं । नेपाल प्रहरीले ट्याक्सी चालकलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चैत १६ गते शुक्रबार बसुन्धारा चोकबाट तार्केश्वर नगरपालिका ६ बस्ने वर्ष २७ को प्रशान्त जंग कार्की र बुढानिलकण्ठ नगरपालिका बस्ने वर्ष ३४ को राजु गुरुङ्गलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौंका सूचना अधिकारी तथा प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार चैत १३ गते बेलुका ९ बजे १० बजेकोबीचको समयमा बुढानिलकण्ठ नगरपालिका १२ कपन दुर्गा मन्दिर नजिक बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी उनीहरुले रकम लुटापाट गरेका हुन् ।

लुटेराले ट्याक्सी चालकसँग रहेको १८ हजार रुपैयाँ नगद, एकथान एचपी ल्यापटप, वान प्लस सेभेन प्लस, घडी, ब्लूबुक र रातो वालेट लुटेर भागेको उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment