सुनको भाउ ऐतिहासिक मूल्यमा, शुक्रबार एकतोला सुन किन्नेले १ लाख ३० हजार खर्चिनुपर्ने

१६ चैत, काठमाडाैं । सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड शुक्रबार तोडिएको छ । शुक्रबार सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीहरुले बताएका छन् । यस्तै, बिश्व बजारमा द्धन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि मुल्य वृद्धि भएको उनीहरुले बिश्लेषण गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेको हो । बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलर र प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment