‘मनसरा’को पुरस्कार रकम बेवारिसे कुकुरको उद्धारमा दिने सोमपालको घोषणा

१४ चैत, काठमाडौं । क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए । उक्त रकम सयौं बेवारिसे र सडक कुकुरलाई आश्रय दिंदै आएको सामाजिक संस्था श्रीज् एनिमल रेस्क्युलाई प्रदान गर्ने घोषणा सोमपालले फेसबुकबाट गरेका छन् ।

साथै, उनले वर्षाको समयमा आफू वरपर सडक र बेवारिसे कुकुर देखेमा खाना खुवाउन र आश्रय दिनसमेत आग्रह गरेका छन् ।

फिल्मको कुरा गर्दा उपेन्द्र सुब्बा निर्देशित दोस्रो कथानक फिल्म ‘मनसरा’ वैशाख २१ गते प्रदर्शन तयारीमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment