त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ

१४ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको हो।

विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको देखेपछि प्रहरीले उनलाई श‌ंका गर्दै नियन्त्रणमा लिएको थियो।

चेकजाँच गर्दा भन्सार छली गरेर ल्याइएको ५० ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरी विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment