निर्माण क्षेत्रमा छाएको मन्दीले विजयश्री स्टीलको व्यापारमा निरन्तर गिरावट

१४ चैत, काठमाडाैं । पछिल्लो समयमा पुर्वाधार विकास तथा निर्माणका कामहरु सुस्त भएसँगै हाल नेपालका अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घटेको छ । व्यापारिक घराना विजय ग्रुप अफ कम्पनीजको लगानी रहेको विजयश्री स्टील प्रालिको सञ्चालन आम्दानी लगातार तेस्रोबर्ष घटेको छ ।

कम्पनीले सन २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ४ अर्ब ७१ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो भने सन् २०२१ मा कम्पनीले ५ अर्ब ३४ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहित नाफा कुल सञ्चालन आम्दानीको ५.६२ प्रतिशत कायम भएको छ ।

यस्तै कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमतामा पनि गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ४.४४ गुणा थियो भने सन् २०२२ मा उक्त क्षमतामा ह्रास आई १.१२ गुणा रहेको छ । सन २०२३ मा सामान्य बढेर १.३९ प्रतिशत पुगेको छ ।

सन् २०१७ मा स्थापना भएको विजयश्री स्टील्स उद्योगले टिएमटी छडको उत्पादन गर्दै आएको छ । कम्पनीको फ्याक्ट्री कपिलवस्तुमा अवस्थित छ । प्रतिदिन ७ सय मेट्रिक टन टीएमटी छड उत्पादन गर्न सक्ने उद्योगको क्षमता रहेको छ । कम्पनीले बिलेटको उत्पादनका लागि सन् २०१८ मा ४०० मेट्रिक टन बिलेट प्रतिदिन उत्पादन गर्न सक्ने प्लान्ट जडान गरेको छ ।

कम्पनीमा विजय ग्रुपको लगानी रहेको छ भने विजय ग्रुप नै प्रमोटर रहेको छ । विशेषत नेपालको पुर्वी क्षेत्रमा स्टील उद्योगहरु पश्चिम क्षेत्रको तुलनामा धेरै रहेका छन् । पश्चिममा रहेको यस उद्योगले पश्चिम तथा केन्द्रीय क्षेत्रमा आफ्ना उत्पादनको बिक्री वितरण गर्दै आएको छ । कम्पनी विकास केडियाको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।

कम्पनीले ३ अर्ब ९४ करोड ३७ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । १ अर्ब ४३ करोड ७४ लाख बराबरको दीर्घकालीन कर्जाका लागि केयर नेपालले डबल बी माइन्स र २ अर्ब ९० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment