ग्लोबल आइएमई क्यापिटलद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

१३ चैत, काठमाडाैं । ग्लोबल आइएमई क्यापिटल ले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । क्यापिटलले विश्व वित्तीय सप्ताह–२०२४को अवसरमा देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

सो अवसरमा क्यापिटलले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीको लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवा युवतीहरुलाई लक्षित गरि चैत्र ५ गतेदेखि ९ गतेसम्म देशका सातवटै प्रदेशमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो ।

क्यापिटलले चैत ५ गते कोशी र बागमती प्रदेशको क्रमशः कान्तिपुर मल्टिटेक्निकल कलेज र राष्ट्रिय रोटरी माध्यामिक विद्यालय, चैत ६ गते कर्णालीको नेपाल राष्ट्रिय मावि र सुदुरपश्चिमको पायनियर्स एकेडेमी, चैत ७ गते मधे प्रदेशको राजर्षि जनक विश्वविद्यालय, चैत ८ गते लुम्बिनीको जनज्योति माध्यामिक बोर्डिङ्ग स्कुल र चैत ९ गते गण्डकी प्रदेशको दमौली कजेजमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त सबै कार्यक्रमहरुमा क्यापिटलका पदाधिकारीहरुले पूँजी बजार सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले खासगरी बचत तथा लगानी बीचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो शेयर सेवा, लगानी व्यवस्थापन सेवा लगायत दोस्रो बजारको बारेमा विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरको अवसर तथा जोखिमको बारेमा प्रकाश पारेका थिए ।

सानै उमेरदेखि आफुँसँग रहेको पैसालाई एकीकृत गरी पूँजी बजारमा कसरी लगानीे, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमहरुमा सहभागीहरुको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रममा सम्बन्धित विद्यालयरकलेजका प्रिन्सिपल तथा स्थानिय निकायका जनप्रतिनिधिहरुले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीहरुको लागि पूँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गदै धन्यवाद दिएका थिए ।

क्यापिटलले समय समयमा सेयर तथा पूँजी बजारसँग सम्बन्धित विषयमा विभिन्न तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम मार्फत युवा युवती तथा विद्यार्थीहरुले नेपालको पूँजी बजार सम्बन्धी शिक्षा प्राप्त गरी प्राप्त भएको ज्ञानलाई आगामी दिनमा व्यवहारमा लागू गरी आफनो आम्दानीलाई बचत तथा लगानीको रुपमा प्रयोग गर्ने बानीको विकास हुने विश्वास गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businesshealthnepalNewsPolitic
Comments (0)
Add Comment