माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता सेयर बिक्रीमा

१२ चैत, काठमाडाैं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठले बैंकमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका छन् ।

संस्थापक श्रेष्ठले सेयर बिक्री गर्न निवेदनदिएपछि बैंकले उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि खरिदका लागि सूचना प्रकाशन गरेको छ । उनीहरुले सोमबारदेखि ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

यस्तै बैंकले अर्का संस्थापक लगानीकर्ता दीपक राज दलीको नाममा रहेको ५९ हजार ६५६ कित्ता सेयर पनि बिक्रीमा ल्याएको छ । उक्त सेयर खरिदका लागि भने सर्वसाधारण लगानीकर्ताका साथै विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्था सबैले आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ । यसअघि गत माघ ७ गते विद्यमान संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी बैंकले याे सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री हुन नसकेको यी सेयर सर्वसाधारणमा समेतमा बिक्री खुला गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment