बीमामा आबद्ध अस्पतालले सातामा एकदेखि तीन दिनसम्म ओपीडी सेवा सञ्चालन गर्नुपर्ने

०५ चैत, काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरंग विशेषज्ञ सेवा (ओपीडी) सञ्चालन गर्न आग्रह गरेको छ।

बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपीडी सेवा सञ्चालन गर्न अनुरोध गरिएको बताइन्।

उनका अनुसार एकसय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्यासम्मको अस्पतालले हप्तामा दुईदिन र तीन सय शय्या वा सोभन्दा माथिका अस्पतालले हप्तामा तीनदिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने छ।

साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताए। उनका अनुसार हाल बोर्डमा करिब चारसय ४० अस्पताल आबद्ध छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment