नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

०४ चैत, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरहरु विक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनको व्यवस्था बमोजिम विद्यमान संस्थापक शेयरधनीहरुको लागि सेयर बिक्रीमा ल्याएको छ ।

यो लिलामीमा सर्वसाधारण आवेदकले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीहरुले उक्त सेयरमा आज (चैत ४ गतेदेखि) ३५ दिन भित्र आवेदन दिन पाउने छन् । लागनीकर्ताले बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं १० बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिनु पर्ने छ ।

तोकिएको म्याद भित्र आवेदन पेश हुन नआएमा प्रचलित कानून व्यवस्था बमोजिम अन्य व्यक्ति वा संस्थालाई समेत संस्थापक शेयर बिक्री गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment