नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्दै, कति दिन्छ लाभांश ?

०१ चैत, काठमाडाैं । निजी क्षेत्रको नम्बर वान बैंकको रुपमा पहिचान बनाएको नबिल बैंक लिमिटेडले दीर्घकालीन लगानीका लागि पाँच अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ ।

बैंकको चैत १ गते बिहीबार बसेको सञ्चालक समितिको ६५३ औं बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरी सेयरको रकम फिर्ता नहुने (पर्पेच्युअल) प्रकृतिको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

लगानीकर्तालाई मुनाफा भएको वर्षमा मात्रै वार्षिक ८ प्रतिशतका दरले लाभांश दिने गरी प्रतिइकाई एक सय रुपैयाँ अंकित दरमा जारी गर्न लागिएको उक्त डिबेञ्चर जारी गर्न सञ्चालक समितिको निर्णय अनुसार नियामक निकाय राष्ट्र बैंकले स्वीकृति दिन आवश्यक हुन्छ ।

बैंकले मुनाफा भएको बर्ष मात्र ८ प्रतिशतका दरले मुनाफा वितरण हुने उक्त ऋणपत्र व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने जनाएको छ । नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८% नबिल डिबेन्चर २०८९ (८ बर्ष अवधिको) जारी गर्ने निर्णय भएको नबिल बैंकका कम्पनी सचिव विश्व प्रकाश पौडेलले जानकारी दिए ।

नबिल बैंक सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकको रुपमा रहँदै आएको छ । चालु आर्थिक वर्षको ७ महीना अर्थात माघ मसान्तसम्ममा सबैभन्दा धेरै नाफा आर्जन गरेका नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । दोस्रो धेरै नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ छ। यस हिसाबले दोस्रोको तुलनामा नबिल बैंकको नाफा १अर्ब ३० करोड ३५ लाख रुपैयाँ धेरै हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalPolitic
Comments (0)
Add Comment