नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य, कुशल र आकाशले लिए तीन-तीन विकेट

३० फागुन, काठमाडाैं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ । नेपालसँग टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले आठ विकेटको क्षतिमा १७१ रन बनाएको हो ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा जारी खेलमा पीएनजीका लागि ओपनर टोली उराले सर्वाधिक ६१ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे । यस्तै, हिरा वारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा राम्रो रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले तीन-तीन विकेट लिए । भुर्तेलले चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिएका हुन् । यस्तै, चार ओभरमा ४१ रन खर्चेर तीन विकेट लिए । करण केसी र गुल्सन झाले एक-एक विकेट लिए ।

नेपालले हिजो भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको थियो । हिजो नै भएको अर्को खेलमा पीएनजीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा नेपालसँग भेट गर्ने निश्चित गरेको थियो ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment