पीएनजीका तीन खेलाडी आउट, आकाश चन्दले लिए दुई विकेट

३० फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले तीन विकेट लिएको छ। नेपालका बलर आकाश चन्दले २ विकेट लिएका छन्।

आकाशले असाद भाला र लेगा सिआकालाई आउट गरेका हुन्। यस्तै ओपनर बल करन केसीले एक विकेट लिए। उनले पहिलो ओभरमा पीएनजीका सेसवाउको विकेट लिएका हुन्।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए।

उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ। आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment