खैरो हेरोइन सहित दुई जना पक्राउ

२८ फागुन, सुनसरी । इटहरी उप-महानगरपालिका- १६ बाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे र इटहरी-८ का २३ वर्षीय प्रिवेश पौडेल छन्।

खैरो हेरोइनको खरिद-बिक्री कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रदेश १-०२-०४७ प १९५३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चुरोटको बट्टामा लुकाराखेको ४ ग्राम ७७० मिलिग्राम र घरमा लुकाइराखेको ३ ग्राम सहित जम्मा ७ ग्राम ७७० मिलिग्राम खैरो हेरोइन सहित घिमिरे र पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment