सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

२८ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो/भिडियो पठाउने गरेको प्रहरीको आरोप छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment