नेपालमै खुल्यो होण्डाको ‘एसेम्ब्ली प्लान्ट’, १ अर्ब ५० करोड लगानी

२४ फागुन, काठमाडाैं । नेपालमा सर्वाधिक बक्री हुने मध्येको एक होण्डाका दुइपाङ्ग्रे सवारीको असेम्ब्लि अब नेपालमै हुने भएको छ । होण्डा मोटरसाइकलका मुख्य बिजनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले बुधवार भैरहवामा होण्डाको ‘एसेम्बली प्लान्ट’को उद्घाटन गरेका हुन् ।

कुल एक अर्ब ५० करोडको लगानीमा २ लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ । विगत ५५ वर्ष भन्दा बढी समयदेखि ग्राहकको विश्वास जित्दै आएको होण्डा, उत्पादनको गुणस्तरमा सधैं प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढ रहँदै आएको कम्पनीको भनाइ छ ।

नवस्थापित एसेम्ब्ली प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटोमार्फत् उत्पादनको विक्री वितरण, पार्टपूर्जाको उपलब्धता र सर्भिसिङको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा संघीय सभासद माननीय छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, रोहिणी गाविसका अध्यक्ष विद्या यादव, ओमसतिय गा।वि।स।का पूर्वअध्यक्ष हरि भट्ट लगायतको उपस्थिति रहेको थियो ।

होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अनुसार नवस्थापित असेम्ब्लिप्लान्टसंगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ। होण्डा,उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा विगत ५५ बर्ष भन्दा बढी समयदेखि ग्राहकको विश्वास जित्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment