बारामा बस खोलामा खस्दा ४ जना गम्भीर घाइते

२२ फागुन, हेटौंडा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट बस खोलामा खसेको छ ।

नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको जानकारी दिए ।

‘घाइतेहरुलाई भर्खरै अस्पताल ल्याइएको छ । दुर्घटनाको थप विवरण आउँदै छ’, भण्डारीले भने ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment