क्यानडाको आमा नेप्लिज कुजिनलाई बेस्ट न्यु रेस्टुरेन्ट अवार्ड

२१ फागुन, काठमाडाैं । क्यानडाको क्यालगरी,एबीस्थित व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माद्वारा सञ्चालित Aama Nepalese Cuisine रेस्टुरेन्टले हालसालै “Calgary’s Best New Restaurants 2024-Avenue Calgary अवार्ड प्राप्त गरेको छ ।

निकै सकारात्मक सोचका धनी सेफ ज्ञानेन्द्रले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको Aama Nepalese Cuisine, जहाँ
प्राकृतिक तथा शान्त वातावरण, आकर्षक मेनु नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेको छ ।

आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा दुई दशक देखि सकृय सेफ ज्ञानेन्द्रले ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्सल, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएका सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन । हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment