८ औं केबिन रोहन उपत्यका प्रतियोगिता शुरु

१७ फागुन, काठमाडाैं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभएको छ । मन्त्री महर्जनले खेल पर्यटन विकासको लागि महत्वपूर्ण रहेको बताउनु भयो । आगामी आर्थिक बजेटमा खेल विकासको लागि पनि कुरा उल्लेख गर्ने बताउनु भयो ।

प्रतियोगितामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोलले उक्त प्रतियोगिताको शुभकामना दिनुभएको छ। प्रतियोगितामा नेपालका सातै प्रदेश र भारतलगायतका देश सहभागी छन् । प्रतियोगिताका लागि अन्तराष्ट्रीय क्योकिसिन काईकान अलाइट संघका अध्यक्ष पेटर ल्वल , उपाध्यक्ष पेटर होगर्थ, अन्तर्राष्ट्रिय साबाकी कराते-दो तेसिन्काई संगठनका संस्थापक तथा अध्यक्ष (कान्चो) बेरी जोनस्टोन सहभागी हुनुभएको छ । प्रतियोगिताको अध्यक्षता विनोद गुरुङले गर्नु भएको छ। प्रतियोगिता आइतबार सम्म चल्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment