चिरञ्जीवी सापकोटा अभिनित ´साईनो` बोलको गित सार्वजनिक

१८,फागुन काठमाडौं ।आहा टिभीको प्रस्तुति रहेको´साईनो`बोलको गित सार्वजनिक भएको छ।
नव उदयमान गायिका सिम्रन परियारको स्वर जिबि चिरन अर्थात चिरञ्जीवी सापकोटाको शब्द एवम् संगित रहेको यस गितको संगित निर्माण बादल थापा मगरले गरेका छन्।


सार्वजनिक गितमा पुर्व संचारकर्मी एवम् अहिलेका चर्चित मोडल जिबि चिरन( चिरञ्जीवी सापकोटा),पुजा सिलवाल,राजकुमार सिंह,अदिती तिमल्सिना र बाल कलाकार सिरिना परियारको अभिनय देख्न सकिन्छ ।

अहिलेको समाजको वास्तविक कथालाई उठान गरेका निर्देशक कोइरालाले हाम्रो नेपाली समाजमा प्रेम बिबाह पछि गलत बुझाईका कारण निम्तिने समस्या संगै भोगाइ लाई भिडियो मार्फत प्रस्तुत गरेका छन् ।


सार्वजनिक गितको भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका छन् ।दिपक गिरिको छायांकन र दिनसन शाहको सम्पादन रहेको यस गितलाई आहा टिभिको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् गितको पूरा भिडियो



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment